सांसद यादवद्वारा बाढी प्रभावितलाई आर्थिक सहयोग

appharu
0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पर्साका बाढी प्रभावितलाई आफ्नो एक महीनाको तलब आर्थिक सहयोग गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आज सांसद यादवले ५५ हजार २ सय ५० को चेक हस्तान्तरण गरेका थिए ।

बाढी प्रभावितलाई राहत वितरणमा प्रयोग गर्न एक महीनाको तलब बराबरको रकम हस्तान्तरण गरेको सांसद यादवले जानकारी दिए । उनले अत्याधिक वर्षाको कारण आएको बाढीबाट पूरै जिल्ला प्रभावित भए पनि स्थानीय तहबाट हुनुपर्ने राहत वितरण चित्त बुझ्दो नभएको गुनासो पनि गरेका छन् ।

सो अवसरमा प्रजिअ भट्टराईले प्राप्त आर्थिक सहयोगले बाढी प्रभावितलाई राहत वितरणमा सहयोग पुग्ने बताउँदै दैवी प्रकोपको यस कठिन घडीमा डुबान प्रभावितलाई सक्दो सहयोग गर्न सबैसँग आग्रह गरे । असारको अन्तिम साता परेको अविरल वर्षापछि आएको बाढीबाट पर्सामा ४ सय ३० भन्दा बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

डुबानमा परेर पर्सामा हलसम्म तीन जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?