काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटालाई पुन: गीत चोरीको आरोप लागेको छ ।
यसअघि ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप लागेको बास्कोटामाथि फेरी ‘समाचार’ बोलको गीतमा संगीत चोरीको आरोप लागेको हो ।
१० महिना अगाडि आफूले फेसबुकमा सार्वजनिक भएको ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग ‘समाचार’ बोलको गीतको संगीत मिलेको दाबी बिक्की महतको छ ।
आफूले महानरीय प्रहरी परिसर, टेकुमा उजुरी समेत दिएको उनले बताए ।
कालीप्रसाद बास्कोटाले भने यसबारे केही थाहा नभएको बताएका छन् । उनले संगीत मिलेको दाबी पनि अस्वीकार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया