ज्यान मार्ने धम्की दिएको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : गायक पंगेनी

appharu
0
Shares

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष पंगेनी लगायतले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

सितापाईलाका निमा दोर्ची शेर्पाले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गायक पंगेनी, उनका साथीहरु विजय सिंह र सुवास अधिकारीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दर्ता गराएका हुन् ।

उनीहरुले सञ्चालन गरेको निरमाया दोहोरी साँझको सजावटका लागि निमाको फर्निचर उद्योगले ५५ लाख रुपैयाँ बराबरको काम गरेको थियो । १२/१३ लाख रुपैयाँ दिएर बाँकी पैसा माग्दा सिंहले धम्की दिने गरेको भन्दै सुरक्षाको माग गर्दै निवेदन दिएको निमाले बताए ।

पैसा माग्दा विजयले ‘मलाई चिनेको छस् ? तलाई म देखाईदिन्छु, म धेरै पावरलावा मान्छे हुँ’ जस्ता धम्की दिनेगरेको निमाको भनाई छ । बद्रिले धम्की नदिएपनि दोहोरी साँझमा उनको पनि शेयर रहेकाले तिनै जना सञ्चालकविरुद्ध उजुरी दिएको निमाको भनाई छ ।

यता गायक पंगेनीले आफ्नो नाम मुछेर चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । आरोपप्रति पंगेनीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका हुन् । उक्त कार्यमा आफ्नो नाम जोडेर उजुरी दिईएको प्रति उनले आपत्ती जनाएका हुन् ।

आपसी कारोबारलाई लिखित सहमतिको आधारमा टुंगोमा पु-याउनुको साटो सस्तो लोकप्रियताको लागि मेरो नामको जुन दुरुपयोग भएको छ त्यस प्रति म घोर आपत्ति जनाउँदछु’ पंगेनीले भनेका छन् ।

उजुरीकर्ता व्यक्तिले धम्की दिएको भन्ने प्रमाणित गर्न सके आफु जस्तो सुकै सजाय भोग्न तयार रहेको पंगेनीको भनाई छ । १६ वर्षदेखी सञ्चालित दोहोरी साँझको सम्पूर्ण जिम्मा ३ वर्ष अगाडि विजय सिंह र सुवास अधिकारीलाई दिएको गायक पंगेनीले दावी गरेका छन् । प्रहरीले दुबै पक्षलाई छलफलको लागि बिहीबार बिहान बोलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?