के हो विवाद ? लोक सेवा आयोग केन्द्रीय कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन भएको छ ।

आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न संघ–संगठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । आयोगले साउन ३ गते परिक्षा लिंदै छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो ।

लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट बनेका हुन् । अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?