काठमाडौं–काठमाडौंको समता अस्पतालमा मृत भेटिएकी विमला तामाङलाई न्याय दिन माग गर्दै पीडित पक्षले काठमाडौंमा प्रर्दशन गरेको छ ।
जिल्ला अदालत काठमाडौंले सो हत्या प्रकरणको अभियोग लागेका अस्पतालका संचालक उत्तम संजेलकी पत्नी कला सन्जेल तथा दुई जना कर्मचारीलाई जनही ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि त्यसको विरोधमा पीडित पक्षले बिहीबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गरेका हुन । त्यस क्रममा उनीहरुले विमलाको न्याय दिन माग गर्दैै नाराबाजी पनि गरेका थिए । हत्यारालाई उन्मुक्ति दिने गरी अदालतले गरेको सो फैसला मान्य नहुने भन्दै प्रर्दशनकारीहरुले आक्रोश पनि व्यक्त गरेका थिए ।
अस्पतालकी कर्मचारी विमला असार ३ गते सो अस्पतालको रुममा मृत अवस्था भेटिएकी थिईन् । त्यस प्रकरणमा मुछिएका अस्पतालका संचालक उत्तम संजेलकी पत्नी कला र दुई जना अन्य कर्मचारीलाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा चलाइएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अर्जुनकुमार कोइरालाको एकल इजलासले सो मुद्दामा सन्जेल पत्नी कला तथा दुई कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीसँग जनही ३ लाखका दरले धरौटी माग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया