धनगढी विस्फोट अपडेट : १ जनाको मृत्यु, यसरी भएको रहेछ घटना (भिडियोसहित)

मिसह्याण्डल हुँदा विष्फोट : प्रहरी

appharu
0
Shares

धनगढी उपमहानगरपालिका- ४ ।

शहीद गेटस्थित नीलम होटल ।

साउन २ गते बिहीबार ।

साँझ पौने सात बजेको समय ।

अचानक ठूलो आवाज आउँछ ।

सिलीन्डर पड्कीएको आशंकामा खैलाबैला हुन्छ । तर पड्किएको वस्तु सिलिन्डर नभएर बम हुन्छ । आफैले बोकेको बम पड्किएर विप्लव कार्यकर्ता गम्भिर घाईते हुन्छन् ।
५ घाइते हुन्छन् । ति मध्ये १ जनाको मृत्यु भएको छ ।
घटनामा विप्लव समूहको संलग्नता भएको पुष्टि हुन्छ ।

कसरी भयो घटना
प्रत्यक्षदर्शीको भनाईअनुसार मिस्त्री मोबिन खानलाई दुई जना मान्छेले बोलाएर होटलमा लग्छन् ।
सिंहसँग झोला हुन्छ । हातमा टिफिन क्यारी पनि हुन्छ । अर्डर गरेको चिया आउनेबितिकै ड्वांग आवाज आउँछ । ग्यासको सिलिण्डर पड्किएको आशंका हुन्छ । प्रहरीले अनुसन्धानबाट जीउमा भिरेको झोला उनी बसेको भित्तामा च्यापिएपछि विस्फोट भएको आशंका गरेको छ ।

विस्फोटमा राम सिंह गम्भिर घाइते हुन्छन् । उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालपुर्याईन्छ । उनले गएराति सवा एघार बजे अन्तिम श्वास फेर्छन् ।


उनी कसैको विष्फोटमा परेका होईनन् । आफैंले बम बोकेको थिए ।
शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।


बझाङका स्थायी बासिन्दा सिंह विप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ । ग्यासको सिलिण्डर विष्फोट भएको आशंकामा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर, घटनास्थलमा विष्फोट भएको स्टीलको टिफिन बक्सको अवशेष भेटिएको थियो ।

बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोविन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका छन् । पाण्डे होटल सञ्चालक हुन् भने मोविन होटल नजिकै रहेको गाडी मर्मत केन्द्रका मिस्त्री हुन् । सिंह र सेरलाका परिवारलाई बुझ्दा घरमा आफूहरू नेपालगन्जमा रहेको र शुक्रबार बिहानै काठमाडौँ जान्छु भनेर भनेको कुरा खुल्न आएको प्रहरीको भनाई छ ।

अरु घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

विप्लव समूहले विष्फोट पदार्थ टिफिन बक्समा लुकाएर ओसार्न खोजेको र त्यसक्रममा विस्फोट भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

घटनास्थलमा ९ एमएमको पुरानो चाइनिज पेस्तोल समेत भेटिएको छ । घटनास्थलबाट से ७ प ३१४४ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।

यसअघि १२ जेठमा काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विष्फोटमा ३ जनाको मृत्यु र ६ जना घाइते भएका थिए ।
अनुसन्धानका क्रममा मृतक सबै विप्लव समूहको भएको खुलेको थियो भने विष्फोटक पदार्थ सही तरिकाले ह्याण्डल गर्न नसक्दा दुर्घटना भएको खुलेको थियो ।

प्रहरीका अनुसार टिफिनको बट्टाभित्र हाई स्क्लुसिब बम राखिएको थियो ।


बट्टाभित्र विस्फोटक पदार्थसहित आवश्यक सामाग्री राखिसके पनि पूर्ण फिट नगरिएकाले कम क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ।
उनले झोलाभित्र टिफिनमा उक्त वस्तु राखेको र होटलमा बसेका बेला पछाडिबाट च्यापिएर पड्किएको हुनसक्ने बस्नेतको भनाई छ । घटनाबारे अनुसन्धान भइरहेको छ । गत २५ असारमा विप्लव समूहको गोलीबाट प्रहरीको मृत्यु भएको थियो भने विप्लवका कार्यकर्ता पनि मारिएका थिए ।
यसैबिच विप्लव समुहको हिंसात्मक गतिवीधि नियन्त्रण गरी जनताको जिउधनको सुरक्षाको लागि प्रहरीले कस्तो नीति लिएको छ भनेर हामीले नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डिआईजी विश्वराज पोखरेललाई सोधेका थियौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?