काठमाडौँ – पार्टी नियमावलीको अनुशासन र आचारसंहितासम्बन्धी महलमा प्रस्तावित प्रावधानलगायत विषयमा कांग्रेसका संस्थापन पक्ष र इतरपक्षबीच विवाद बढेको छ ।
सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय नेताहरू पार्टी अनुशासनलाई कडाइका साथ लागू गर्ने पक्षमा छन् । केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा रहेको नियमावली मस्यौदा समितिले नेता तथा कार्यकर्तालाई अनुशासनमा ‘बाँध्ने’ गरी नियमावली प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सशंकित छन् । आचारसंहिता र अनुशासनका नाममा विरोधीलाई तह लगाउन खोजिएको बुझाइउनीहरूको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया