पत्रकारलाई बेपत्ता बनाइदिने सांसदको धम्की

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्कीलाई प्रदेश नम्बर ३ का सांसद राजकाजी महर्जनले समाचारको विषयलाई लिएर धम्की दिएको भन्दै पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आपत्ति जनाएका छन् ।

उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले आइतबार एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि स्वयंले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई धम्की दिएको प्रति आपत्ति जनाएका छन् ।

दैनिकीन्युज डटकमका सम्पादक समेत रहेका कार्कीलाई महर्जनले समाचार लेखैकै कारण लचारपछार पार्दै बेपत्ता बनाइदिने धम्की दिएको पीडित पत्रकारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?