नेपाल र चीनबीच हवाई सेवा सम्झौता, पुनरावलोकन गर्न नेपाली टोली चीन प्रस्थान

appharu
0
Shares

काठमाण्डौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन गर्न नेपाली प्रतिनिधिमण्डल मंगलबार चीन प्रस्थान गर्दैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको टोलीले चिनीयाँ पक्षसँग छलफल गरी पुनरावलोकनाका लागि निष्कर्ष निकाल्नेछ ।

वार्तामा नेपाली वायुसेवाका निम्ति सबै चिनीयाँ विमानस्थलमा उडान खुलाको एजेन्डालाई प्राथमिकताका साथ अगाडि सार्ने आचार्यले जानकारी दिनुभयो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?