काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला हत्याकाण्डलाई राजनीतिमा जोड्न खोजिएको गुनासो गरेका छन् ।
मन्त्रालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले निर्मला प्रकरण पहिलो र नयाँ घटना नभएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “भोलि पनि यस्तो घटना हुन सक्छ । पूर्ण नियन्त्रण गर्न सकिँँदैन । अपराधी बचाउन खोजेको भनेर जसरी आरोप लगाइयो, त्यसमा हामीलाई दुःख छ । “
गृहमन्त्री थापाले नागरिक समाज, मिडिया सबै मिलेर अपराधीलाई कानुनी कठघरमा ल्याउनुपर्ने बताउनुभएको छ ।
गृहमन्त्री थापाले बलात्कारका घटनाको अनुसन्धानमा प्रहरी ९५ प्रतिशत सफल भएको दाबी गर्नुभएको छ ।
उहाँले घटनाको अनुसन्धान जारी रहेको पनि जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया