काठमाडौं– निजी क्षेत्रको अग्रणी बैंक एनआईसी एशिया बैंकले उत्कृष्ट वित्तीय प्रतिवेदन (बीपीए) अवार्ड–२०१९ प्राप्त गरेको छ ।
नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्स संस्था (आईक्यान)ले यो अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको हो ।
सो अवार्ड बुधबार बैकका सीईओ रोशन न्यौपानेले ग्रहण गरेका थिए । स्मरण रहोस् न्यौपाने पनि आईक्यानकै उत्पादन हुन् ।
छनोट भएका वित्तीय प्रतिवेदनमध्ये एनआईसी एशिया सर्वोत्कृष्ट हुँदा दोस्रोमा एनएमबी र तेस्रोमा सिटिजन्स बैंक भएका छन् ।
यस्तै उत्पादनतर्फ बुटवल पावर कम्पनी, सेवातर्फ र्याडिसन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रले सो अवार्ड हात पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया