चार दलबीच एकीकरण

काठमाडौँ, १५ पुस – चार राजनीतिक दलबीच आज पार्टी एकता भएको छ सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको छ सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष ज्ञानेश्वर राई, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष किरण राई लगायतले पार्टी एकीकरण भएको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?