मकवानपुरमा पुनः भीषण वर्षा- कर्राखोलाले गाडी बगायो, बाटो अवरुद्ध (अपडेट)

appharu
0
Shares

हेटौँडाः मकवानपुरमा मंगलबार रातिदेखि आएको भीषण वर्षापछि कर्राखोलामा आएको बाढीले भारतीय गाडी बगाएको छ। चालक र सहचालक सकुशल छन् । शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्‍याएर फर्कने क्रममा कर्राखोलामा उर्लेको बाढीले गाडी बगाएको हो। त्यस्तै १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ। अविरल वर्षाले मकवानपुरका अधिकांश स्थानका बाटा पुनः अवरुद्ध पारेको छ।

पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौँडा फाखेल काठमाडौँ सडकखण्ड भने अहिलेसम्म सञ्चालनमै छ । अझै केहि दिन मनसुन सक्रिय हुने हुनाले सबैलाई सचेत रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?