काठमाडौं । सत्तारुढ दल नेकपा संसदीय दलको आकस्मिक बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दुरू भएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले बाढी, पहिरो, डुबान लगायत बारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने विषयमा सभामुख सहमत देखिएपछि नेकपा संसदीय दलको बैठक बसेको हो ।
बुधबार नै सुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बसेको नेकपाका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभएको छ ।
बाढी, पहिरो, डुबान लगायत विषयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न नपाएको भन्दै कांग्रेस र राजपाले पटकपटक संसद बैठक अवरोध गर्दै आएका थिए ।
तर बुधबार बिहान सभामुख कृष्णबहादुर महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्णलगायतसँग छलफलपछि अवरोध खोल्न कांग्रेस–राजपा तयार भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया