महिलामाथि काँटी आक्रमण गर्ने कार्की धरौटीमा रिहा, प्रहरीले फेरी पक्र्यो

काटमाडौं । महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ परेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले ३ लाख धरौटीमा छाडेको छ ।

धरौटीमा छुटेलगतै उनलाई प्रहरीले फेरि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

यसअघि १२ असारमा पक्राउ परेका कार्कीमाथि महिलामाथि अपमाजनक व्यवहारको मुद्दा चलाइएको थियो ।

कार्कीले पकनाजोल, डल्लुलगायतका क्षेत्रमा चार जनामाथि काँटी तथा तिखो वस्तुले आक्रमण गरेको स्वीकारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?