सामसुङको Galaxy A80 नेपाली बजारमा, के-के छन् विशेषता ? (हेर्नुहोस् मुल्यसहित)

काठमाडौं । सामसुङको ग्यालेक्सी ए८०(Galaxy A80) स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको छ । नयाँ सेल्फीको जमानाबाट ‘इरा अफ लाइभ’मा पुगेको फोन नेपाली बजारमा आएको हो ।

यसमा फुलस्क्रिन डिस्प्ले, रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट ब्याट्रीजस्ता सुविधा रहेको कम्पनीको भनाइ छ । कम्पनीकाअनुसार यसमा भएको रोटेटिङ्ग क्यामराले प्रयोगकर्तालाई आफू वरिपरिको संसारलाई सहजै कैद गर्ने अवसर प्रदान गर्दछ ।

जब क्यामरामा भएको एप फोटो खिच्नको लागि प्रयोग गरिन्छ, तब फोनको पछाडि भएका तीनैवटा क्यामरा स्वतः पप–अप भई रोटेट हुन्छन् । ४८ मेगापिक्सलको मुख्य क्यामराले दिनमा मात्र नभई रातमा पनि स्पष्ट र सफा फोटो खिच्न सकिने पनि कम्पनीको दाबी छ ।

यसमा भएको सुपर स्टडी भिडियो मोडले नहल्लिएको, सहज, प्रोलेभल एक्सन भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी स्केन अप्टिमाइजरले ३० भन्दा बढी दृश्यलाई पहिचान गरी फोटो खिच्नुभन्दा अगाडि जानकारी प्रदान गर्दछ । साथै फ्लो डिटेक्सनले फोटो खिच्दा भएका त्रुटिहरुलाई स्वतः पहिचान गरी फोटो खिच्नु पहिले संशोधन गर्ने जानकारी समेत प्रदान गर्ने कम्पनीले बताएको छ ।

यसमा तीन हजार सात सय एमएएचको ब्याट्री लाग्दछ र यो २५ वाट सुपर फास्ट चार्जिङ्ग क्षमताले लामो समयसम्म आबद्ध हुने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएको एक्टिभ पावर सेभले ब्याट्रीलाई स्मार्ट तरिकाबाट बचत गरी फोनको कार्यसम्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा चिपसेटदेखि सफ्टवेरसम्मलाई सुरक्षा प्रदान गर्ने सामसुङको डेफिनेस ग्रेड सुरक्षा प्रणाली सामसुङ केनोक्स जडित छ जसले ए८०को कनेक्सनलाई सुरक्षित बनाई चलाउने स्वतन्त्रता प्रदान गर्दछ । यो स्मार्टफोन तीनवटा रंगमा उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा ७९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?