छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । छुरा प्रहार गरि हत्या गरेको आरोपमा झापाबाट १ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका-२बस्ने १८ वर्षीय बिक्रम लिम्बुको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ बस्ने कुशल मगर लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका बिक्रमको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका १ जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ ।

दमक नगरपालिका-१ स्थितदुर्गा मन्दिर पछाडिग्याङ फाईट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?