चितवनमा बसको ठक्करबाट चार पैदलयात्री घाइते

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । चितवनमा बसको ठक्करबाट चार पैदलयात्री घाइते भएका छन् ।

भरतपुरबाट शरणपुरतर्फ जाँदै गरेको ना ४ ख ३४९९ नंको बसले बिहीबार राति ८ः३० बजे भरतपुर महानगरपालिका-१६ ठूलोगडीमा चार पैदलयात्रीलाई ठक्कर दिएको हो ।

घाइते हुनेहरुमा भरतपुर महानगरपालिका-१६ का वर्ष ३० की प्रतिमा बस्नेत, सोही स्थान बस्ने वर्ष २१ की प्रसमता विक, वर्ष ७ का रसिन मगर र वर्ष २७ की रञ्जु थापा घाइते भएको प्रहरी प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?