एउटै घरमा २७ वटा गोमन सर्प भेटिएपछि…

काठमाडौं । झापाको गौरादहमा एक घरमा २७ वटा सर्प फेला परेको छ । गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा गोमन सर्प भेटिएको हो ।

एउटा सर्प मारेको र त्यसपछि राती अरू पनि सर्प भएको आँशकामा दुलो खन्दा २७ वटा सर्प भेटिएको हो । धेरैजसो सर्पका बच्चा रहेका थिए ।

शर्माका छोरा सन्दीपका अनुसार अकल्पनीय रूपमा सर्पहरू भेटिएका छन् । उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू मारेर गाडिएको छ ।

सोहि घरमा त्यो भन्दा अगाडि अर्को विषालु करेत सर्प पनि भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?