पूर्व अर्थमन्त्रीहरुको यस्तो सुझाव

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले सरकारले दीगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन ।

पूर्व अर्थमन्त्री एवम् समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महत र नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको निष्कर्ष सुनाउनु भएको हो ।
शुक्रबार काठमाडौंमा ‘नेपाल ईकोनोमिक आउट लुक’ सार्वजनिक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले सरकारले मुलुकको दीगो आर्थिक विकासका लागि दोहोरो अंकको आर्थिक विकास हुने गरी लगानीको व्यवस्था गर्न समेत आवश्यक तयारी गर्न नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले आर्थिक विकासलाई सरकारले मूल एजेन्डा बनाए पनि त्यसका लागि आवश्यक लगानीको वातावरण बनाउन नसकेको दावी पनि गर्नुभयो । आन्तरिक तथा बाह्य लगानीको व्यवस्था र पूर्वाधार विकासमा जोड दिएर मात्रै नेपालका दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन सक्ने पूर्व अर्थमन्त्री भट्टराईको दावी छ ।

काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा. महतले सरकारले दीगो विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजना समेत तय गर्न नसकेको बताउनुभयो । उहाँले मुलुकको दीगो आर्थिक विकासका लागि संस्थागत क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

पूर्व अर्थमन्त्री एवम् सत्तारुढ नेकपाका नेता पाण्डेले राजनीति सुधार नभएका कारण मुलुकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास हुन नसकेको दावी गर्नु भयो । उहाँले राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सुधार गरेर मात्रै मुलुकमा दीगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

पूर्व अर्थमन्त्री पाण्डेले दिगो आर्थिक विकासका लागि धेरै योजना तय गर्ने भन्दा पनि थोरै योजना तय गरेर त्यसलाई सम्पन्न गर्दै अघि बढन पनि सरकारलाई सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?