कपिलवस्तुमा ५ वर्षीय बालिका बलात्कृत

काठमाडौं | कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नं.२ बिचली भडेहरमा पाँच बर्षिय वालिका बलाकृत भएकी छिन् ।

बिहीबारको राती करिब ९ बजे तिर ती बालिकालाई नासिर हुसेनले चकलेट खुवाउने बहाना गरि ललाई फकाई बोलएर घरबाट केही टाढा लगेर बलात्कार गरेका हुन् ।

यशोधरा गाँउपालिका २ बस्ने अब्दुल हामीदका छोरा नसीर हुसैनले पाँच बार्षिय परिर्वतित काल्पनिक नाम गौरी भन्ने बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

हुसेन अहिले फरार छन । उनलाई कपिलबस्तु प्रहरीले तिब्र रुपमा खोजी कार्य गरीरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?