काठमाडौं | हाल देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर सरेको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय भइरहेको महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण ११ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ |
श्रावण १२ गते (आईतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ |
श्रावण १३ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
मनसूनको समयमा लगातार वर्षा भएको पहाडी भूभागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया