प्रधानमन्त्रीद्वारा गंगालाल राष्ट्रिय हृदय केन्द्रको भवन उद्घाटन

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गर्नुभएको छ ।

भवन उद्घाटनपछि प्रधानमन्त्री ओलीले यस अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई सबैलाई समान भावले उपचार गर्नेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानव जातीको रुपमा उपचार गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले यस प्रकारका उच्च प्रविधियुक्त अस्पतालहरुले हामीलाई विद्वान पुर्खाको विरासततर्फ फर्काएको बताउनुभएको छ । नेपालीका पुर्खा विद्वान भएका थुप्रै प्रमाण भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?