रामेछाप साँस्कृतिक कलाकार समाजको नेतृत्वमा पौडेल

appharu
0
Shares

काठमाण्डौं । रामेछाप साँस्कृतिक कलाकार समाजको अध्यक्षमा रामकुमार पौडेल निर्वाचिब बन्नुभएको छ ।

समाजको शनिबार काठमाण्डौंमा सम्पन्न १० औ वार्षिक सभा तथा तेस्रो महाधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरिएको हो ।

महाधिबेशनले वरिष्ठ उपाध्यक्षमा कुमार कार्की, उपाध्यक्षमा रामकुमार कार्की, उत्तम पौडेल र सन्ध्या सानु, महासचिवमा युनिक विफा घिसिङ, सचिवमा सुरज लामा घिसिङ, सह–सचिवमा नविना घिसिङ, कोषाध्यक्षमा गोविन्द प्रसाद गौतम तथा सह–कोषाध्यक्षमा विबश बस्नेतलाई निर्वाचित गरेको हो ।

यस्तै सदस्यहरुमा गोमादेवी खत्री, रामजी बुढाथोकी, हरिबहादुर काफ्ले मगर, रामचन्द्र बोहोरा, सुरज लामा घिसिङ, कमला खड्का, गुणराज श्रेष्ठ लगायतलाई चयन गरिएको उपाध्यक्ष सन्ध्या सानुले जानकारी दिनुभयो ।

यसैगरी समाजको तेस्रो महाधिबेशनबाट शिवसागर मगरलाई समाजको प्रवक्तामा चयन गरिएको उपाध्यक्ष सानुले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको पहिलो बैठक आईतबार नै बस्ने भएको छ ।

समाजको प्रस्तावक आफै रहेकाले अव त्यसलाई सार्थकता बनाउने दिन आएको बताउदै निर्वाचित अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा समाजले कला क्षेत्रमा निकै प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजको आगामि रणनीतिका विषयमा पहिलो बैठकबाट निर्णय गर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?