नेकपा सचिवालय बैठक फेरि सर्यो

काठमाडौं । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि नेकपा सचिवालय बैठक पुन: स्थगित भएको छ ।

आइतवार अपरान्ह ३ बजेलाई तोकिएको बैठक सोमवारका लागि सारिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन जारी रहेका बेला स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद निस्केपछि सचिवालय बैठक पटकपटक स्थगित भइरहेको छ ।

स्कूल विभाग प्रमुख ईश्वर पोखरेललाई स्वीकार नगर्ने पूर्वमाओवादी पक्षको अडानका कारण सहमति हुनसकेको छैन ।

पूर्वमाओवादी पक्षले नारायणकाजी श्रेष्ठलाई स्कूल विभाग प्रमुखमा प्रस्ताव गरेको छ । यसबीचमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केही चरण पूर्वएमालेका सचिवालय सदस्यहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?