प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ

काठमाडौं । नागार्जुन नगरपालिका-२ सानोभर्‍याङबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय मिलन तामाङ र चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने २८ वर्षीय मिरङ पुन रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ग९प ६०९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कागजपत्र नभएपछि कारवाहीबाट बच्नका लागि घुस दिएका थिए ।

यसैगरी काठमाडौं महानगरपालिका-२८ स्थित रणोदिप पुलबाट प्रहरीलाई नगद ४ सय रुपैयाँ दिई आर्थिक प्रलोनभमा पार्न खोज्ने सिराहा औरही गाउँपालिका-४ बस्ने २५ वर्षीय आशिष आनन्द कुमार यादवलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।


महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले बिना हेल्मेट स.९ प ३२०९ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारेपछि कारबाहीबाट बच्न दिएको उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?