यती एयरलाइन्सले भित्र्यायो नयाँ विमान

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ ।

व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु-याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने कम्पनीले जनाएको हो ।

यतीले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर-७२-५००’ विमान शनिबार काठमाडौँ भित्र्याएको थियो । योसँगै कम्पनीसँग अब पाँच वटा एटीआर विमान छन् ।

नयाँ विमानले हालकै गन्तव्य तथा छिट्टै धनगढीमा पनि उडान सुरु गर्ने एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिनुभयो । यतिले अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, पोखरा, भैरहवा र पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ सेवा दिइरहेको छ ।

नयाँ एटीआर विमान सञ्चालनमा आउन झण्डै दुई महिना लाग्नेछ । यतिले एक साताअघि पोखरामा पनि एटीआर विमानबाट सेवा सुरु गरेको घोषणा गरेको थियो ।

सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् ।

सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?