नेपाल-भारतबीचको व्यापार बारे ओलीको यस्तो प्रतिक्रिया

appharu
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको पनि बताउनुभयो ।

आईतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै उहाँले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिँस्सा भारत र भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारबहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात/निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?