सुनसरीमा १० वर्षीय बालिका बलात्कृत

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।

रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित झुम्का बजारकी बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले ३५ वर्षीय भीम गुरुङलाई पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपी गुरुङले बालिकालाई अश्लिल चलचित्र देखाएर यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ ।

पीडित परिवाले दिएको जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?