कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको बोर्डले जनाएको छ ।

परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलनअनुरुप बोर्ड बैठक आहृवान गरिएको हो ।

विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग-अलग समयमा प्रकाशन गर्ने गरिएको भए पनि यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ ।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट ४ लाख परीक्षार्थी सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?