सुनको मूल्य बढ्यो

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ६५ रुपैंयाँमा कारोबार भएको छापावाला सुन बढेर सोमबार ६५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन प्रतितोला ६४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितितोला ७ सय ७५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?