नेता भण्डारीले भने, “भ्रष्टाचारका कारण ठूलै नेताले आत्महत्या गर्ने दिन आउन सक्छ”

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले नेताहरुले भ्रष्टाचार गरेकै कारण मुलुकको विकासले गति लिन नसकेको बताउनुभएको छ ।

सोमबार बुटवलमा आयोजित एक कार्यक्रमा बोल्दै नेता भण्डारीले काँग्रेसका धेरै नेताले भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुल्ला भइरहेका भ्रष्टाचारलाई लुकाइरहेको बताउनुभयो ।

उहाँले भ्रष्टाचारका कारण दुई जना पूर्व कर्मचारीले आत्महत्या गरेको प्रसंगलाई उठाउदै अब राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्ने उल्लेख गर्नुभयो ।

वाइडबढी, बालुवाटार जग्गा, बूढीगण्डकी, एनसेल लगायतका काण्डका दोषीलाई कारबाही गर्न सरकारले चासो नदिएको पनि नेता भण्डारीको आरोप छ ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका भण्डारीले सभापति शेरबहादुर देउवाले पोखरामा हुने उपनिर्वाचनमा पार्टीलाई जिताउन सके सभापतिको कार्यकाल लम्वाउन र नजिते छाड्न समेत सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?