नेकपा बैठक अन्योलमा, बैठक स्थगित गरेर विदेश भ्रमणमा जाँदै ओली-प्रचण्ड

appharu
0
Shares

काठमाडौं । नेकपाभित्र विभागको जिम्मेवारीबारे सहमति हुँन नसकी सचिवालय बैठक लम्बिरहेको बेला अध्यक्षद्वय विदेश भ्रमणमा जाने भएका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड मंगलबार परिवारसहित दुबई भमणमा जाने भएका छन् । पत्नी सीता दाहालसहितका परिवारका सदस्यसँगै उनी व्यक्तिगत भ्रमणका सिलसिलामा दुबई जाने लागेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
यस्तै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली १८ गते सिंगापुर जाने भएका छन् । उनी उपचारका लागि सिंगापुर जान लागेका हुन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या रहेको बताइन्छ । केही दिन अघि समेत प्रधानमन्त्रीले सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।
नेकपाका दुबै अध्यक्ष विदेश भ्रमणमा जाने भएपछि नेकपाको सचिवालयबाट नेताहरुको जिम्मेवारी हेरफेरको विषय टुंगो लगाउन पनि पर धकेलिने भएको छ ।
नेकपाभित्र विशेषगरी स्कुल विभागको जिम्मेवारी कसले लिने भन्नेमा विवाद रहेको छ । प्रशिक्षण विभागमा नेताहरु ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबेदारी रहेको छ।
सो विषयमा भएको विवादले गर्दा अन्य विभागको जिम्मेवारी टुंगो लगाउन ढिलाई भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?