हलमा चलचित्र प्रदर्शन अघि राष्ट्रिय गान अनिवार्य

म्यूजिक भिडियोमा पनि सेन्स

appharu
0
Shares
तस्बिर गुगलबाट

काठमाडौं । अब हलहरुमा चलचित्र प्रदर्शन सुरु गर्नुअघि अनिवार्य रुपमा नेपालको राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।

चलचित्र विकास बोर्डको सहयोगमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको ‘चलचित्र ऐन, २०७६’ मा हलहरुमा चलचित्र प्रदर्शन सुरु गर्नुअघि अनिवार्य रुपमा नेपालको राष्ट्रिय गान बजाउनुपर्ने व्यबस्था गरिएको छ ।

साथै विधेयकको मस्यौदामा चलचित्र सुरु हुनुअघि तथा मध्यान्तरमा शिक्षामूलक तथा सन्देशमूलक श्रव्यदृष्य सामग्री प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

म्यूजिक भिडियोमा पनि सेन्सर
म्यूजिक भिडियो र विज्ञापनमा समेत सेन्सर गर्ने तयारी सरकारले गरेको छ । ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा म्यूजिक भिडियो (सांगितिक चलचित्र) र विज्ञापन चलचित्रलाई चलचित्र जाँच समिति अन्तर्गत सेन्सर गर्ने व्यवस्था गरेको छ ।

संघीय संसदमा पेस हुने तयारीमा रहेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’मा चलचित्रको परिभाषा व्यापक बनाइएको छ ।

कथानक चलचित्रका साथै वृत्तचित्र, कार्टुन चलचित्र, एनिमेसन चलचित्र, टेलि (चलचित्र, चलचित्र नाटक, विज्ञापन चलचित्र र सांगितिक भिडियोलाई पनि चलचित्र सम्झिनुपर्ने परिभाषा गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको उपस्थितिमा बोर्डमा केहिदिन अघि चलचित्रसँग सम्बन्धित सरोकारवालाहरूसँग छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?