सन्दीपको अनुपस्थिति: टोरन्टोको दोस्रो हार

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले ग्लोबल टी-२० मा दोस्रो हार ब्यहोरेको छ । सोमबार राति भएको खेलमा टोरन्टो विनिपेग होक्ससंग ३ विकेटले पराजित भएको हो ।

विनिपेग नेपाली फास्ट बलर सोमपाल कामी सम्मिलित टिम हो । सोमपाल पहिलो विदेशी फ्रेन्चाईज लिग खेल्न क्यानडामा छन् ।

तर सोमबारको खेलमा दुवै खेलाडीले मौका भने पाएनन् । दुवै खेलाडी बेन्चमा रहेर खेल हेरेका थिए । विश्वकप छनोटको एसिया फाईनल खेलेर दुवै खेलाडी क्यानडा पुगेका थिए ।

टोरन्टोले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य विनिपेगले ७ विकेट गुमाएर पुरा गर्यो । क्रिस लेनको विस्फोटक ८९ रनको मदतमा विनिपेगले जित हासिल गरेको हो । उनले ४८ बलमा २ चौका र १० छक्काको मदतले सो रन बनाएका थिए ।

सन्नी सोयलले समेत ५८ रनको अर्धसतकिय ईनिङ्स खेले । साईमन अनवारले ४३ रनको योगदान दिए । अन्य खेलाडीले दोहरो अंकको स्कोर भने छुन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । रोड्रिगो थोमसले ६५ र किरण पोलार्डले ५२ रनको सहयोगमा टोरन्टोले समेत ठुलो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो ।

कप्तान युवराज सिहले समेत ४५ रनको योगदान गरेका थिए ।

हारपछि टोरन्टो ३ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । विनिपेग ४ अंक सहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?