काठमाडौं । भारतमा एक भिडले १५ वर्षीय किशोरलाई आगो लगाइएको छ ।
उत्तर प्रदेशस्थित चन्डौली जिल्लामा १५ वर्षीय मुस्लिम किशोरलाई ‘जय श्रीराम’ नारा लगाउन इन्कार गरेको भन्दै यहाँका हिन्दु समुदायको एक भीडले आगो लगाइदिएको हो ।
भारतीय च्यानल ‘आईएएनएस’को रिपोर्टअनुसार ती किशोरलाई अहिले उद्धार गरी वाराणसीस्थित कबिर चौरा हस्पिटलमा उपचार गराइएको छ ।
किशोरका अनुसार दुधारी पुलमा हिँडिरहँदा चारजना मान्छेले उनलाई अपहरण गरे । तीमध्ये दुईजनाले मेरो हात समाएर तेस्रोले उनीमाथि मट्टीतेल खन्याएर आगो लगाइदिएका हुन् ।
४५ प्रतिशत भागमा आगो लागेको अवस्थामा उनी अस्पताल भर्ना भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया