दुधालु कोरली बाच्छी, नब्याइकनै दैनिक ५ लिटर दुध मोलमोलाईमा गाउँलेबिच तँछाडमछाड

काठमाडौं । केहि समय अघि सिन्धुपाल्चोकमा गोरुले दुध दिएको प्रसंगले पुरै खैलाबैला भएको थियो । अहिले अर्को समाचार आएको छ ।
कोरली बाच्छीले नब्याइकनै दुध दिन थालेको प्रसंग । हो मोरङमा यस्तै भएको छ ।
मोरङका एकजना कृषकले पालेको कोरली बाछीले दुध दिन थालेको छ ।
त्यो पनि छाकमा ५ लिटर दुध । गोठमा रहेको माउ गाईसँगै कोरली बाछीले समेत नियमित दुध दिन थालेपछि घरमा हुने खपत भन्दा बढी भएको दूध सो परिवारले छरछिमेकमा बिक्री गर्दै आएका छन् ।

नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिँदै आएको कृषकले बताएका छन् । मोरङ उर्लाबारी–८ राजघाटका ७९ बर्षिय किसान देवीप्रसाद लामिछानेले पालेको कोरली बाच्छीले नब्याईकनै दूध दिन थालेको हो । होलस्टेन जातको गाईबाट ब्याएको सो बाछी ४ बर्ष उमेर पुग्यो । बाछीले साढे २ बर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ ।

होलस्टेनको बिउबाट लोकल गाईसंग क्रस गराएर नश्ल सुधार गरि जन्मिएको सो बाछीले ८ महिनाकै उमेरमा असामान्य गतिविधि देखाएको थियो । किसानले स्थानीय सञ्चारकर्मीसँग भने, बाँच्छीले निकै कम उमेरबहर खोजेको थियो ।

मैले चिकीत्सकसँग सल्लाह गरेँ । पशु चिकित्सकले हुँदैन भन्ने सल्ला दिएपछि त्यतिकै बसियो । त्यसको केहि समयपछि गाई सिकिस्त बिरामी पर्यो । केहि औषधीहरु पशु चिकित्सककै सीफारिसमा ख्वाईयो । औषधि खुवाएको केहिदिन पछि बाछी दूध दिने लक्षण देखिन थाल्यो ।

कोरली बाछीले दूध दिइरहेको थाहा पाएपछि कृषकको घरमा कोरली बाच्छी हेर्न आउँनेको भिड छ । कोही त मोलमोलाई गर्छन् । मलाई बेच भन्छन्, मैले बेचेको छैन। कृषक लामिछाने बताउँनुहुन्छ ।
हार्मोनको गडबडीका कारण गाईले दुध दिएको हुनसक्ने पशु चिकित्सकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?