कलंकी गोली प्रकरण: लाइसेन्स प्राप्त व्यक्तिले हानेको प्रहरीको अनुमान

काठमाडौं । काठमाडौंको कलंकीस्थित एक पूर्व उपसचिवको घरमा गोली प्रहार भएको छ ।
कलंकी मन्दिर नजिकै रहेको इन्जिनियर समेत रहेका पूर्वउपसचिव विष्णु अर्यालको घरमा गोली प्रहार भएको हो ।

गोली दोस्रो तलाको कोठामा झ्यालको सिसा फुटाउँदै भित्र पुगेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले सोमबार राती पौने ९ बजेतिर अर्यालको घरको अध्ययन कोठामा झ्यालको सिसा फुटाउँदै गोली भित्र पुगेको जानकारी दिनुभयो ।

गोली कसले किन हान्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सानो हतियारको जस्तो गोली सामान्यतः सिकार प्रयोजनका लागि प्रयोग गरिन्छ । प्रहरीले घटनास्थल वरिवरि लाइसेन्स प्राप्त व्यक्तिहरुको पनि रहेको भन्दै अनुसन्धानको सुई त्यसतर्फ पनि सोझ्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?