डा. केसीलाई करिश्माको चेतावनी: ‘हामीले तपाईको केही खाएको छैन’,बोल्दा विचार गर्नुहोला…

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । डाक्टर सुरेन्द्र केसी र नायिका करिश्मा मानन्धरबीच मतभेद भएको छ । डाक्टर सुरेन्द्र केसीले एक युट्युब अन्तर्वार्तामा करिश्माको पािरवारका मामिलामा बोलेपछि नायिका मानन्धरले फेसबुकमा आक्रोश पोखेकी हुन् । डा. केसीले अन्तर्वार्तामा फिल्मकर्मीमा व्यक्तित्व नभएको भन्दै टिप्पणी गरेका थिए । नायिका मानन्धरले यस्तो लेखिन:

‘डा. सुरेन्द्र केसी विश्लेषक, बोलिरहनु हुन्छ । तर कहिलेकाहीँ के बोल्नु हुन्छ के, त्यो वहाँको बोलाइको आधारमा वहाँको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो । हालै एउटा अन्तरवार्तामा वहाँले भन्नू भएको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यवहार र आचरणका कारण आफुलाई निम्न स्तरमा पारेका छन् र उदाहरण दिदा मेरो श्रीमान बिनोद जीको नाम लिनुभएको रहेछ ।

पोखरामा बिनोद जीले वहाँलाई देखेपछि आफै गएर भेट्नु भयो रे अनि म करिश्माको श्रीमान भन्नू भयो रे त्यसैले बिनोद जीले आफ्नो इज्जत घटाउनु भयो रे १ वहाँले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे यस्ता त छन् अनि के इज्जत हुनुरे १ बिनोद मानन्धर र ईश्वर मानन्धरको इतिहास हेर्नुस् । यदि करिश्मा केसीले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जीले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?

वहाँ जस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन् । जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भएर भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा। सुरेन्द्र केसीलाई भेटेनी, म आफै बोल्न गए । ९ बिनोद जीले सुरेन्द्र केसीको सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वहाँको भनाइ मनपराउनु हुन्छ

बिनोद जीले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेको ले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा। केसी रु जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उसले आफ्नो श्रीमतीलाई रानी सरहको व्यवहार गर्छ । अनि जो मनिस तपाईको अगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उसको कमजोरी होइन त्यो उसको बड्कपन हुन्छ ।

त्यहिँ बेला तपाई, बिनोद र मेरी छोरी कविताको युट्युब कुराकानी जब मेरो छोरीले सेयर गर्नु ममि भन्दा मैले गरिन्, त्यो कुरामा कबु म सँग रिसाएकी थिई । त्यो तपाई प्रति उसको सम्मान थियो बुझ्नुभयो । तर त्यो कुराकानीमा मेरो परिवारको साधारणपन देखेर तपाईको अनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन् ।

आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस् । बिनोद मानन्धर तपाईको तुलनामा कुनै कुरामा कम छैनन् । सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाँले तपाईले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन् । हामीले तपाईको केही खाएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?