शेयर बजारः नेप्से बढ्यो,कारोवार घट्यो

appharu
0
Shares

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३ दशमलव ३९ अङ्कले वृद्धि भएर एक हजार २५९ दशमलव ३७ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ०३ अङ्कले बढेर २७२ दशमलव १४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । कुल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर घटेको भने आठ उपसमूहको शेयर वृद्धि भएको छ । व्यापार ३ दशमलव २९, उत्पादन १ दशमलव ४, जीवन बीमा ७ दशमलव २१ र सामूहिक लगानी कोष ० दशमलव ०२ विन्दुले घटेको छ ।

बैंकिङ २ दशमलव ८५, होटल ५ दशमलव ९९, विकास बैंक ७ दशमलव ३२, जलविद्युत् ३ दशमलव १९, वित्त ० दशमलव ६५, निर्जीवन बीमा २२ दशमलव ८२, अन्य १ दशमलव २४ र लघुवित्त १४ दशमलव ७२ अङ्कले बढेको छ । कारोवार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयर आज शीर्ष स्थानमा रह्यो । सो बैंकको तीन करोड १६ लाख ६२ हजार ८२० मा खरीद बिक्री भयो ।

नेपाल बैंकको एक करोड ५६ लाख २३ हजार ६७९, प्रभु बैंकको एक कारोड ४२ लाख ६७ हजार ३२७, कृषि विकास बैंकको एक करोड ३६ लाख ३६ हजार ५० र नेपाल लाइफ इन्स्योरेन्सको एक करोड २४ लाख ८५ हजार ६५० मा कारोवार भई शीर्ष स्थानमा रहे ।

युनाइटेड इन्स्योरेन्सका शेयरधानीले ९ दशमलव ९९ प्रतिशतका दरले कमाए । त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंक ९ दशमलव ९८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९ दशमलव ९३, स्पर्स लघुवित्त वित्तीय संस्था ९ दशमलव ८४ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८ दशमलव ५५ प्रतिशतले कमाए ।

यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६ दशमलव ४१, मल्टीप्रपोज फाइनान्स कम्पनी ६ दशमलव ४, सिद्धार्थ इन्स्योरेन्स ३ दशमलव १९, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३ दशमलव १० र सिन्धु विकास बैंकका शेयरधनीले २ दशमलव ८५ प्रतिशतले गुमाए । स्टकमा आज मितेरी डेभलपमेन्ट बैंकको आठ लाख ५० हजार कित्ता र देवः विकास बैंकको १३ लाख ९३ हजार ५२४ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

त्यसैगरी पूर्णिमा विकास बैंकको दुई लाख ६२ हजार ५१६ कित्ता शेयर लाभांशसमेत स्टकमा सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?