काठमाण्डौं । नेपाली चलचित्र ‘आधा सुर’ निमार्ण हुने भएको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माणको औपचारीक जानकारी गरार्यएको हो ।
पारिवारिक कथामा रहेर निमार्ण हुने फिल्ममा एक संगीतकारको जीवनीलाई प्रस्तुत गरिने छ । ‘फिल्म क्रिउ नेपाल’ र ‘ब्यास मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुने चलचित्रलाई अशिन पौडेलले निर्देशन गर्नुहुनेछ ।
निर्देशक पौडेल र सौरभ कार्कीको कथा लेखन रहेको ‘आधा सुर’ मा अर्पण थापा, प्रविण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज बिष्ट, सुभागम पराजुली लगायतको अभिनय रहनेछ ।
बिष्णु घिमिरे ‘कल्पित’को छायाँकंन रहने फिल्ममा नव–अभिनेता मोहन जैसीको मुख्य अभिनय रहनेछ । निर्देशक पौडेलका अनुसार दुईजना अभिनेत्रीहरूसँग कुरा भइरहेपनि फाईनल भएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया