काठमाडौं । ललित ब्युटिसियन बहुद्देश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरको संयुक्त आयोजनामा ‘ तिज माइती मेला तथा सम्मान २०७६’ हुने भएको छ ।
हरितालिका तिजको अवसर पारेर ललितपुरको जावलाखेलमा साउन १६ गते विहिबार देखी १८ गते सम्म मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम कार्यक्रम तीन दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालले जानकारी दिनुभयो ।
कार्यक्रममा ‘आदर्श जोडी सम्मान २०७६’ को सम्मान अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई प्रदान गरिने आयोजकले जनाएको छ । नेपाली चलचित्रको क्षेत्रमा पुर्याएको योगदानका लागि निश्चल–स्वस्तिमा जोडीलाई सम्मान गर्न लागिएको हो ।
तस्विर : निश्चल बस्नेतको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया