चेक बाउन्स फौजदारी मुद्दा नबन्ने, यसकारण पाउँदैन प्रहरीले पक्रन (फैसलाको पूर्ण पाठसहित)

appharu
0
Shares

‘चेक बाउन्स’ सम्बन्धी मुद्दा अब फौजदारी मुद्धा नहुने भएको छ । अदालतको यस्तो फैसलासँगै बैंकिङ कसुर अन्तर्गत चेक बाउन्ससम्बन्धी मुद्दा अब जिल्ला अदालतमै दर्ता हुनेछ । विनिमय अधिकारपत्र ऐन २०३४ अनुसार यो मुद्धा हेरिने यसअघि फैसला भए पनि पूर्णपाठ भने मंगलबार आएको छ । चेक बाउन्ससम्बन्धि एक मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले यसअघि फौजदारी कसुर अन्तर्गत राखेर हेर्दै आएको भएपनि देवानी कानुनको क्षेत्रमा राखेर हेर्नुपर्ने गरि फैसला गरेको हो । सर्वोच्चको यो फैसलासँगै चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने छैन ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ले भन्दा विनिमय अधिकारपत्र ऐन २०३४ ले चेक बाउन्सको विषयलाई बढी परिभाषित गरेको भन्दै सोही अनुसार गर्न सर्वोच्चको आदेश छ ।
सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाही र कुमार कार्कीको इजलाशले चेक बाउन्ससम्बन्धि एक मुद्दामा यस्तो फैसला सुनाएको हो ।

त्यस्तै फैसलामा थप लेखिएको छ, “कानुनमा कार्यविधिको यस्तो दोहोरोपन रहेको अवस्थामा दुनियावादी भई चल्न सक्ने फौजदारी प्रकृतिका कसुरको न्यायिक उपचार पीडितको फिरादबाटै हुन सक्छ। हेर्नुहोस् (पूर्ण पाठसहित) _ प्रतिकात्मक तस्वीर गूगलबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?