एजेन्सी । जर्मन च्याम्पियन वायर्न म्युनिख प्रि सिजन अन्तर्गत घरेलु भूमिमा आयोजना हुने औडी फुटबल कपको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको दोस्रो सेमिफाइनलमा टर्किस क्लब फेनरवाचेलाई ६-१ गोल अन्तरले पराजित गर्दै वायर्न उपाधि नजिक पुगेको हो ।
एलिनाज स्टेडियममा वायर्नलाई जित दिलाउन थोमस मुलरले ह्याट्रिक गरे । यस्तै रेनेटो सान्चेज, लियोन गोर्टेज्का र किंग्सले कोम्यानले एक एक गोल गरे । फेनरवाचेका म्याक्स कुर्सेले एक गोल फर्काए ।
फेनरवाचेविरुद्ध वायर्नले पहिलो हाफमै पाँच गोल गरेको थियो । दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खाएको थियो ।
अब उपाधिका लागि वायर्नले इन्ग्लिश क्लब टोटेनहमसंग खेल्नेछ । टोटेनहमले पहिलो सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडलाई १-० ले हराएको थियो ।
टोटेनहमको जितमा कप्तान ह्यारी केनले निर्णायक गोल गरेका थिए ।
औडी कपको फाइनल बुधबार राति हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया