आतंक मच्चाउने चितुवालाई गोली हानि मार्ने आदेश

काठमाडौं । तनहुँमा चितुवाले आतंक मच्चाएपछि गोली हानि मार्न आदेश दिइएको छ । एकपछि अर्को गर्दै बालबालिकाको ज्यान लिने थालेपछि तनहुँ प्रशासनले चितुवा मार्ने आदेश दिएको हो ।

भानु नगरपालिकाका २ र ४ नम्बर वडामा यसै वर्ष मात्र दुई बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ। आक्रमणबाट अन्य ३ जना घाइते भएका छन्।


दिनहुँजसो चितुवाले ज्यान लिने र आक्रमण गर्न थालेपछि चितुवा नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आदेश दिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । त्यसका लागि आवश्यक परे गोली हान्ने आदेश दिइएको उहाँले बताउनुभयो ।

चितुवा नियन्त्रण लिने उपायकाबारे जिल्ला सुरक्षा समितिको बैठकमा पनि छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?