खोकीको औषधि पर्यो क्रिकेटर शा लाई भारी, परे ८ महिना निलम्बनमा

appharu
0
Shares
तस्वीर: गूगल

एजेन्सी । भारतका क्रिकेटर पृथ्वी शाले प्रतिबन्धित पदार्थ सेवन गर्दा आठ महिनाका लागि निलम्बनमा परेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०का अनुसार, शाले अनजानमा प्रतिबन्धित पदार्थ कफ सिरपमा सेवन गरेका थिए ।

बोर्डका अनुसार ‘शाले २२ फेब्रअरी २०१९ मा इन्दौरमा सैयद मुस्ताक अली ट्रफीको एक खेलका क्रममा एन्टी डोपिङ जाँचका लागि पिसाबको नमूना दिएका थिए ।त्यसमा टर्बुटालाइन पाइयो, जुन प्रतिबन्धित पदार्थमा पर्छ ।’

शाले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । तर यो जानीबुझी नभई खोकीको कफ सिरपको रुपमा खाएको उनले बताएको बीसीसीआईले जनाएको छ ।

तर, कानुनअनुसार शामाथि ८ महिनाको प्रतिबन्ध लागेको छ, जुन १६ मार्च २०१९ बाट सुरु भएर १५ नोभेम्बर २०१९ मा पूरा हुनेछ ।

शासँगै घरेलु क्रिकेटमा खेल्ने अक्षय दुलारवर र दिव्य गजराज पनि ८ महिना निलम्बनमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?