गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तिज गीत सार्वजनिक भएको छ ।
गायक खाती र गायिका गौतमले चर्चित गायक शिरिष देवकोटा र प्रिया भण्डारीसँगको सहकार्यमा हरितालिका तिजको शुभकामनासहित नयाँ तिज गीत केराको पात यूटुबमार्फत सार्वजनिक भएको हो ।
गायक खातीले यसअघि मूलको पानीले, ओ के छ त, बीउ खायो कीरैले जस्ता गीत गाइसक्नुभएको छ । तीज गीतमा बजाइदेउ मादलु, नाचौँ घमीघुमी, कपालमा कलर जस्ता दर्जनाँै गीत गाइसक्नुभएको छ ।
रमाइलो विषयवस्तुमा निर्माण गरिएको गीतमा छायाँकंन सुरेश श्रेष्ठले गर्नुभएको हो भने सम्पादन प्रकाश धमलाले गर्नुभएको हो ।
शिरिष देवकोटाको लय, शब्दभित्र अनुबन्धित गीतको म्युजिक भिडियोको गोरखा चौतारी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया