सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

appharu
0
Shares


सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरिरहेका छन् । यसैबिच संसदको जारी गतिरोध अन्त्यको गर्न भन्दै सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक मध्याह्न आह्वान गरिएको बसझिएको छ ।

विप्लव समूहका नेता पौडेल गत असार ५ गते सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका थिए । उनी प्रहरीसँगको मुठभेडमा मारिएको भनेर गृहमन्त्रीले संसदमा जवाफ दिएपनि स्थानीयले नियोजित रुपमा मारेको भन्दै आक्रोश व्यक्त गरिरहेको यो अवस्थामा प्रतिपक्षले आवाज उठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?