एक वर्षमा १३४ देशसँग व्यापार घाटा, २३ देशसँग नाफा

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । मुलुकले गत वर्ष १५७ देशसँग व्यापार गरेकोमा १३४ वटा देशसँग व्यापार घाटा व्यहोरेको छ ।

यद्यपि न्युन परिमाणमा व्यापार हुने २३ मुलुकसँग भने नेपालको व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेका देशमा दक्षिण एसियाली देश अफगानिस्तानदेखि न्यु क्यालेडोनियासम्म रहेका छन् ।

मुलुकले कम सामान आयात गरेर धेरै निर्यात गरेका २३ वटा देश रहेका छन् । व्यापार नाफा रहेका देशहरुमा आर्मेनिया, काजकस्तान, यमन, बाहमाज, बर्मुडा, अल्जेरिया, पनामा, रुवान्डा, मौरिसस, न्यु क्यालेडोनिया, माल्दिभ्स, मोनाको, सुडान, गिनी लगायत रहेका छन् ।

समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?