निजी क्षेत्रलाई अर्थमन्त्रीको यस्तो आग्रह

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुने निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ ।

खतिवडाले पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धि नीति ल्याएको दाबी गर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढ्न निजी क्षेत्रलाई ध्यानाकर्षण गराउनु भएको हो ।

बिहीबार ‘भन्सार व्यवस्थापन’ गोष्ठीको उद्घाटन गर्दै उहाँले उद्योग विस्तारका लागि आयात गर्ने वस्तुको करमा छुट दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले मुलुकमा औद्योगिक क्षेत्रको विस्तारका लागि सरकारले भन्सार प्रणालीमा पनि सुधारको प्रयासलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले खुलासीमा भएको क्षेत्रमा चोरी, पैठारी नियन्त्रण गर्न चुनौति रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सुरक्षा निकायको उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?